४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

युवा लक्षित लगानी र जलवायुमैत्री शासनमा जोड दिन सरोकारवालाको माग

काठमाडौँ । युवाको क्षेत्रमा क्रियाशील संघसंस्था र युवाहरूले युवामाथि लक्षित लगानी वृद्धि र युवा तथा जलवायु मैत्री स्थानीय शासन प्रणालीको विकासमा जोड दिएका छन्। युवा जलवायु र वातावरणसँग सम्बन्धित नीति निर्माण प्रक्रियामा तिनै तहका सरकारमा युवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्। 

जलवायु तथा युवा सहभागिता प्रवर्द्धन र सामाजिक समावेशीकरण सँग सम्बन्धित रहेको कार्यक्रमका सहभागीहरूले उक्त कुरा बताएका हुन्। जागृति बाल तथा युवा सरोकार नेपालले ब्रिटिस काउन्सिल नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा युवा जलवायु परिवर्तन र लैङ्गिक तथा समावेशी समानता सम्बन्धी विषयमा सबै सबै सरोकारवालाहरू जागरूक हुनुपर्ने बताएका छन्। 

गण्डकी प्रदेशको मध्यबिन्दु नगरपालिकामा बालिका सशक्तीकरण कार्यक्रमका सहभागी अभियन्ता र सुनवल नगरपालिकामा रहेका युवा अभियन्ताहरूले यस्तो कुरो बताएका हुन् उनीहरूले विद्यामान संरचनाहरू प्रभावकारी कार्यान्वयन गर्नुका साथै युवामैत्री स्थानीय शासनका लागि थप स्रोत र लगानी परिचालन गर्न आवश्यक भएको बताएका छन्।

गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका युवाहरूले वर्षाको चुनौतीहरूका बाबजुद पनि समुदायमा गरेका सकारात्मक कामको अनुभव बाँड्दै युवामा लगानी गर्नाले उनीहरूको क्षमता अभिवृद्धि हुने र जलवायु सम्बन्धी अभियानहरू अझै प्रभावकारी गरी युवा सहभागिता सुनिश्चित हुने कुरामा जोड दिएका छन्। 

२८ नागरिक सङ्घसंस्था हरूसहित नेपाल सरकारका प्रतिनिधि र सञ्चारकर्मी रहेको कार्यक्रममा ६० जना युवाहरूको सहभागिता रहेको कुरा बताउँदै बिपना शर्माले विभिन्न जिल्लामा महिला बालबालिका युवा को शिक्षा स्वास्थ्य संरक्षण जीविकोपार्जन वातावरण संरक्षण जलवायु परिवर्तन बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् बालबालिका राष्ट्रिय गौरव हुन् बालमैत्री स्थानीय शासन युवा मैत्री पोषणमैत्री बालिका सशक्तीकरण प्रवर्धन गरिरहेको बताउँदै यस्ता कार्यमा सबै सरोकारवालाहरूको सहयोग जरुरी रहेको बताए। 


त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. सुदीप ठकुरीले जलवायु अनुकूलन र समावेशी कदमका लागि युवा नेतृत्व अपरिहार्य भएको बताउँदै यो यो र यस्ता अभियानहरूमा युवा सशक्त भएर लाग्न आग्रह गरेका थिए। युएनडीपी नेपालका हेड अफ सोलुसन म्यापिङ विनीता कार्कीले जलवायु शासन प्रवर्धन र युवा मैत्री शासन प्रवर्धनमा राष्ट्रिय युवा परिषद् र जागृति बाल तथा युवा सरोकार नेपाल सँगको सहकार्यमा विगतमा भएका असल अभ्यासको अनुभव सुनाउँदै गरे के हुन्न र भन्ने उदाहरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालका कार्यक्रम व्यवस्थापक केवल श्रेष्ठले युवालाई वातावरण संरक्षणसँग सम्बन्धित विषयमा ज्ञान र सीप दिएर उनीहरूलाई परिवर्तनका बाहकका रूपमा क्षमता अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिएका थिए। राष्ट्रिय प्रकृति संरक्षण कोषका गोविन्दप्रसाद पोखरेलले युवाहरूसँग सहकार्य गर्न तयार रहेको बताउँदै वातावरण संरक्षण पर्यावरणको विकासका निम्ति अगाडि बढ्न आग्रह गरे। 

गैरसरकारी संस्था महासङ्घ नेपालकी वरिष्ठ उपाध्यक्ष नानीमाया थापाले पैसा हुँदा मात्र कार्यक्रम चलाउने होइन जहिले पनि साझेदार ढङ्गबाट कार्यक्रमहरूलाई दिगो बनाउनुपर्ने कुरामा जोड दिँदै युवाहरूमा लगानी गर्न सरकारलाई अपिल गरेका थिए। प्रतिनिधि सभाका सदस्य तथा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य माननीय सूर्य ढकालले विपद् सूचना प्रणालीलाई व्यवस्थित गरी लागू गर्ने र पाठ्यक्रममा विपद्को विषय राख्ने योजना रहेको सुनाउँदै युवाहरूको विकास समृद्धि र उद्यमशीलता प्रति सरकार र संसद् गम्भीर रहेको बताएका थिए । जलवायु न्याय र सहनशीलता सुनिश्चित गर्न निरन्तर रूपमा युवा र सरोकारवालाहरूको बीचमा सहकार्य आवश्यक रहेको र केवल बजेटको उपलब्धता मात्र नभई यसलाई दीर्घकालीन साझा प्रतिबद्धता र दृष्टिकोणका साथ सहकार्य आवश्यक रहेको पुष्टि गर्दै युवामैत्री बालमैत्री वातावरण मैत्री लैङ्गिक मैत्री अपाङ्गता मैत्री र सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रम र अभियानहरूलाई सँगसँगै अगाडि बढाउने कुरामा जोड दिँदै संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले दिगो विकास हरित अर्थतन्त्र र उद्यमशीलताको विषय उत्तिकै महत्त्वपूर्ण भएको बताएका थिए। 

कार्यक्रममा युवा अभियन्ताहरू आसमा अर्याल रिता थापा आशा बिक ऋतु घर्ती कोपिला महत्त्व युवराज चापागाईँ टेकबहादुर मगर लगायतका युवाहरू वातावरण संरक्षण दिगो विकास र स्थानीय तहमा आफूहरूले गरेका कामहरूको विषयमा आफ्ना कुराहरू राखेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्