४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

फागुन तीन गतेभित्र घोषणापत्र बुझाउन आयोगको आह्वान

फाइल फोटो

काठमाडौँ । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई घोषणापत्र बुझाउन भनेको छ।
आयोगले आगामी ३ फागुनभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा घोषणापत्र पेस गर्न आह्वान गरेको हो। निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम आगामी ३ फागुनभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी एकप्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आयोगले भनेको हो।
यसैगरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन पनि आयोगले आह्वान गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्