तोलामै १५ सय रुपैयाँ बढेर एक लाख ६८ हजार बढी पुग्यो सुनको मूल्य
१३ कार्तिक २०८१, मङ्गलबारनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
दिगो वन व्यवस्थापनका लागि 'राष्ट्रिय मापदण्ड २०८१' पारित, सरोकारवालामा उत्साह
१३ कार्तिक २०८१, मङ्गलबार२०७१ सालदेखि सामुदायिक, साझेदारी, र चक्लाबन्दी वनमा लागू गरिएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गर्दै दिगो वन व्यवस्थापन कार्यक्रम अघि बढाउने निर्णय गरिएको थियो ।
निकै तनावपूर्ण खेलकाबीच भारतलाई हराउँदै नेपाल साफ वुमन्सको फाइनलमा
११ कार्तिक २०८१, आइतबारखेल सुरु भएको दोस्रो मिनेटमै शावित्रा भण्डारीले गोल गरिन् । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टी शुटआउटमा गएको हो ।
सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री
११ कार्तिक २०८१, आइतबारहतियार बिसाएका मात्रै हौँ भनेर दिइने धम्कीप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुटो प्रचार गरेर धम्की नदिन आग्रह गरे ।
सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ : मन्त्री गुरुङ
११ कार्तिक २०८१, आइतबारनेपालले योजनाबद्ध रूपमा सूचना प्रविधिसम्बन्धी विशेष आर्थिक क्षेत्र अघि बढाउँदै सूचना प्रविधिमा क्रान्ति गर्नाका साथै वैदेशिक सूचना प्रविधि कम्पनीहरूलाई उनीहरूको उत्पादनका लागि 'आउट सोर्सिङ' गन्तव्यका रूपमा आकर्षित गर्न खोजेको मन्त्री गुरुङले बताए ।
यी हुन् महिलामन्त्री साहका एक सय दिनका मुख्य ४० उपलब्धीहरू
११ कार्तिक २०८१, आइतबारउनले हिंसा पीडित महिलाका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकामा मङ्गला साहना दीर्घकालीन पुनः स्थापना गृह निर्माण कार्य पनि छिट्टै सुरु गर्ने बताए ।
सरकार सही दिशातर्फ उन्मुख छ : मन्त्री गुरुङ
९ कार्तिक २०८१, शुक्रबारसरकारको प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आज मन्त्रालयमा यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै भने, 'सत्ता गठबन्धनले सय दिनमा ७० प्रतिशत कार्य सम्पादन गर्नुले 'मर्निङ सोज द डे'भन्ने सङ्केत गर्छ ।'
सत्ता गठबन्धनको एकताबद्ध सन्देश
९ कार्तिक २०८१, शुक्रबारवक्तव्यको पहिलो बुँदामै सरकारको सय दिने कार्य प्रगतिको समर्थन गर्दै आगामी दिनमा पनि समर्थनको प्रतिबद्धता गरिएको छ ।
विपद् व्यवस्थापनका लागि विश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियत ऋण सहायता प्रदान गर्ने
८ कार्तिक २०८१, बिहिबारबजेटरी सहायताको रूपमा उपयोग हुने उक्त रकम विपद् पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ ।
जलवायु न्यायका लागि संवेदनशील बन्न विश्व समुदायलाई उपप्रधानमन्त्री पौडेलको आग्रह
८ कार्तिक २०८१, बिहिबारउपप्रधानमन्त्री पौडेलले जलवायु न्यायका लागि स्थापित हानि नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न समेत विश्व समुदायलाई आग्रह गरे ।
जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ : प्रधानमन्त्री
८ कार्तिक २०८१, बिहिबारउनले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैँ शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराउँदै दुई ठूला छिमेकीहरूको बीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग शत्रुता’ को नीति कायम राख्ने स्थितिमा रहेको पनि बताए ।
सरकारद्वारा विपद्मा ज्यान गुमाउने २३८ जना मृतकका परिवारलाई राहत रकम वितरण
६ कार्तिक २०८१, मङ्गलबारहालसम्म प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।
समितिका सभापति र प्रमुख सचेतकसँग सभामुख घिमिरेको छलफल
६ कार्तिक २०८१, मङ्गलबारसंसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुख घिमिरेले आज बिहान ११ : ३० बजे दफावार छलफलका लागि विधेयक रहेका सभापतिहरूलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।
अभियन्ता उर्मिला चौधरीलाई 'ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड'
६ कार्तिक २०८१, मङ्गलबारचौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायको लागि विभेद र शोषणको लागि काम गर्दै आएकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।
आ-आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्नै पर्दैन: महासचिव पोखरेल
५ कार्तिक २०८१, सोमबारनेता पोखरेलले नेकपा(एमाले)लाई कस्तो बनाउने नेकपा(एमाले)जनलाई नै छोडिदिन आग्रह गर्दै जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? भन्ने नेकपा(एमाले)लाई राम्ररी थाह भएको बताएका छन् ।
मुख्यसचिवको आह्वानमा सचिवहरूको बैठक जारी
५ कार्तिक २०८१, सोमबारबैठकमा विपद् सङ्कटग्रस्त क्षेत्र घोषित पालिकाहरूमा राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको एक सचिवले जानकारी दिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय
४ कार्तिक २०८१, आइतबारबैठकले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषद्बाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय गरेको छ ।
सरकारले राहत र पुनःस्थापनाका लागि प्रभावकारी काम गरिरहेको छ : प्रधानमन्त्री
४ कार्तिक २०८१, आइतबारउनले सरकार सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेहरूले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे ।
अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने
४ कार्तिक २०८१, आइतबारअर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिए ।
बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने पक्राउ
३ कार्तिक २०८१, शनिबारउक्त गेष्ट हाउसमा बालिकालाई सरसफाइको काममा लगाइदिने भन्दै आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको, एक महिनासम्म गेष्ट हाउसबाट बाहिरसमेत निस्कन नदिई बिरामी भएको समयमा समेत जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुल्न आएको छ ।