सभामुख अर्यालद्वारा भैँसेपाटीस्थित मन्त्रीक्वार्टरको अवलोकन
तस्बिरः सभामुख डोलप्रसाद (डीपी) अर्यालको सचिवालय
काठमाडौँ। सभामुख डोल प्रसाद (डीपी) अर्यालद्वारा भैँसेपाटीस्थित सरकारी आवासको स्थलगत अवलोकन गरेका छन् ।
बुधबार भैँसेपाटी पुगेर उनले जेनजी आन्दोलनका क्रममा जलाएर ध्वस्त पारिएको सरकारी आवासको अवलोकन गरेको उनको सचिवालयले जानकारी दिएको छ।
सभामुख अर्यालसहित उपसभामुख रुबीकुमारी ठाकुर, राष्ट्रिय सभाका उपाध्यक्ष लिला भण्डारीसहितको टोली बुधबार भैँसेपाटी पुगेको थियो।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?